पुस १४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुझावको आवरणमा विदेशी हस्तक्षेप भइरहेकोभन्दै आपत्ति जनाएका छन् । छिमेकीले हस्तक्षेप गर्न थालेपछि जनताको निर्णायकत्वको केहोला भन्दै थापाले चिन्ता व्यक्त गरेका छन् । उनले विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
सामाजिक सञ्जालमा आज बिहान ट्वीटरमा उनले लेखेका छन्, ‘मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन चिनियाँ कम्युनिष्ट पार्टीले झैं अन्तरराष्ट्रिय भाइचारा भन्दै भारतीय कांग्रेसले नेपाली कांग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव, प्रभाव, हस्तक्षेप दिन थाले नेपालको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला ?’