बेलायतमा एकै दिन थपिए ५३ हजार कोरोना संक्रमित, पछिल्लो तथ्याङ्क हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष १५, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस १५, काठमाण्डौ । बेलायतमा कोरोना भाइरस संक्रमणमा लगातार वृद्धि भएको छ । मंगलबार एकै दिन ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ४ सय १४ जनाको मृत्यु भएको छ । यसअघि सोमबार ४१ हजारभन्दा बढी संक्रमित थपिएका थिए । यसअघि गत अप्रिल महिनामा बेलायतमा संक्रमण दर उच्चविन्दुमा पुगेको मानिएको थियो।

तर अहिले त्यो बेलाभन्दा संक्रमण दर बढी भएको बताइएको छ । विज्ञहरुले क्रिसमसका बेला जमघटमा भएको वृद्धिका कारण संक्रमण दर पनि बढेको अनुमान गरेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार बेलायतमा संक्रमितको संख्या २३ लाख ८९ हजार ९ सय २६ पुगेको छ भने ७१ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस