प्रधानमन्त्रीको बे-लगाम यात्राले देश अनिश्चितता तर्फ गयो : पूर्वराष्ट्रपति यादव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १६, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस १६, काठमाण्डौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका हुन् ।

पूर्व राष्ट्रपति डा यादवले प्रतिनिधिसभा विघटनले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ लैजाने बताए । अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा कुरामा विश्वस्त रहन उनले आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस