अझै पनि बाटो बिराएँ, गल्ती स्वीकार गर्छु भनेर आए स्वागत गर्न तयार छु : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १३, मंगलबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङको आयोजनामा सोमबार देउखुरीमा भएको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाटो बिराएकाहरू सच्चिएर आउने आशाकै कारण आफूले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको स्पष्ट पारे ।

दाहाल–नेपाललाई इंगित गर्दै उनले भने, ‘तपाईंहरू आफूले गरेका गल्ती कमजोरी सच्चाएर आउनुस्, फेरि एकजुट भएर सँगै अघि बढांै ।’ प्रधानमन्त्री ओलीले नेकपा नफुटेको र बाटो बिराएकाहरू गल्ती स्वीकार गरी फर्किने हो भने आफूहरू स्वागत गर्न तयार रहेको बताए ।

हिजोसँगै काम गरेकाहरूले पनि अहिले केपी ओली यो पृथ्वीमा नरहेहुन्थ्यो भन्ने चाहना राखेको गुनासो गर्दै उनले कसैले चाहँदैमा त्यस प्रकारको अमानवीय चाहना र सपना पूरा नहुने बताए । ओलीले आफूले शान्ति, समृद्धि, स्थायित्व र सुशासनका लागि पार्टी एकीकरण गरेको चर्चा गर्दै झगडा गरेर सडक आन्दोलनमा जान एकता नगरिएको स्पष्ट पारे ।

‘देशले अग्रगमन चाहेको छ, शान्ति चाहेको छ । जनताले आफ्नो जीवनमा परिवर्तन चाहेका छन् र उनीहरूले असल अविभावक खोजेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यही कुराका लागि हामी अघि बढ्यौं तर त्यो देख्न नचाहने र जनताका लागि राम्रो काम गरेको हेर्न नसक्नेले हाम्रा विरुद्ध गुटबन्दी गर्दै अघि बढे तर उनीहरू असफल हुने निश्चित छ ।’राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस