नेकपा विभाजन अस्वीकृत गरेको पत्र आयोगद्धारा ओली र प्रचण्ड–नेपाल समूहलाई प्रदान [पूर्णपाठ]

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १३, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको छ । आयोगले दुवै समूहलाई ११ पुष्ठ लामो पत्र पठाएको छ । आयोगले प्रचण्ड र अ‍ोली समूहले पार्टी र चुनाव चिह्नबारेको दाबी राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ को उपनियम ९५० बमोजिम त्यस्तो विवरणमा आयोग सन्तुष्ट हुन नसकेको बताएको छ ।

त्यस्तै नियम २५ को उपनियम ९६० बमोजिम सो दलको साविकको विवरण नै कायम रहेको आयोगले निर्णय गरेको छ । गत आइतबार बसेको आयोगको बैठकले नेकपा विभाजनलाई कानूनी रुपमा अस्वीकृत गर्ने निर्णय गरेको थियो । आयोगले दुवै पक्षले थप गरेका अध्यक्ष, प्रवक्ता र केन्द्रीय सदस्य मान्य नहुने बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस