नेपालमा पनि मनाइयो भारतको ७२ औं गणतन्त्र दिवस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १४, बुधबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका छन् । त्यसपश्चात उनले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाए ।

दूतावसमा आयोजित कार्यक्रममा राजदूत क्वात्राले वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३।६८ करोड रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरे । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान पनि गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस