प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दुई मुद्दा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १४, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । अदालतको अवहेलना गरेको आरोप लगाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिजो सर्वोच्च अदालतमा दुई मुद्दा दायर भएका छन् । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेद्वारा दायर गरिएको मुद्दामा प्रधानमन्त्री ओलीले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी जथाभावी बोल्दै हिडेको उल्लेख गर्दै अवहेलनामा कारबाही गर्नुपर्ने माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले केही दिनअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले इजलासमा गरेको बहसलाई टिप्पणी गगरेका थिए । प्रधानमन्त्री ओलीको यस्तो खालको टिप्पणीले अदालतकै मानमर्दन भएको उल्लेख गर्दै उनलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग पनि मुद्दामा गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस