माघ १४, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनामा सबै नेपालीले पाउने बताएका छन् । उनले खोप निःशुल्क उपलब्ध गराउने समेत बताए ।
वालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने बताए । कोरोनाविरुद्धको लडाईलाई जारी राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।