माघ १४, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड खोप लगाउन शुरू भएकोमा हर्षित भएको बताएकी छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले पढेर सुनाएको पत्रमा उनले कोभिड महामारीले मानव सभ्यतालाई चुनौती दिइरहेको बताएकी छिन् ।
उनले कोभिड महामारीमा अग्रपंतिमा रहेका काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायतलाई धन्यवाद दिँदै यस अवस्थामा साथ दिने परिवार र समुदायप्रति पनि उनले आभार व्यक्त गरेकी छिन् । उनले खोप लगाएपछि पनि मास्कको प्रयोग, सामाजिक दूरी कायम गरी हातको सरसफाइ गर्न समेत अनुरोध गरेकी छिन् । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन बुधबार आजबाट सुरु गरिएको छ ।