‘श्री-३ हुन लागेका केपी ओली धरासायी बन्दैछन्’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १५, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश भएर संकट आएको बताएका छन् । बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली निरंकुशताको छिट्टै अन्त्य गर्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डो¥याउने बताए । उनले श्री ३ हुन लागेका केपी ओलीलाई लुम्बिनीले नै धारासायी बनाउने बताए ।

प्रचण्डले केपी ओीको मात्र विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न समेत आग्रह गरे । उनले संसद विघटनको मुद्दा अहिले अदालतमा रहेको र आफूले अदालतप्रति कुनै आशंका गर्न नचाहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस