माघ १५, काठमाडौ । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार पनि माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना दिएको छ ।
नेकपाको यो समूहले विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरे अनुसार बिहीबार दोस्रो दिन पनि धर्ना दिएको हो । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको दाहाल–नेपाल समूहले जनाएको छ ।