“हाम्रा अमर शहीदहरूको बलिदानीले देखाएको मार्गदर्शन एकजुट हुनु नै हो” : पिएम ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १६, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविपरीत खडा गरिएका चुनौतीलाई एकजुट भएर पराजित गर्नुपर्ने बताएका छन् । शहीद दिवस–२०७७ का सन्दर्भमा अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले भने “हाम्रा अमर शहीदहरूको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।” उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको चर्चा गर्दै भनेका छन् , “शहीदहरूको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य हामीले तय गरेका हौँ ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिक रूपमा सबलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई अगाडि बढाउँदै सुशासन र विकासको बाटोबाट सरकार अगाडि बढेको उने बताए । शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख भएको चर्चा गर्दै देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि शहीदका सपनालाई मूर्तरूप दिन नवनिर्माणको चौतर्फी अभियान चलाइएको बताए ।
यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षा गर्न आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्न संकल्प गरौँ भनेका छन् । शहीद दिवसमा शुक्रबार दिएका सन्देशमा सभापति देउवाले नेपाली जनतालाई पूर्ण राजकीय सत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरूप्रति श्रद्धा व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस