माघ १६, धनकुटा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले महाराज बन्न खोजेको बताएका छन् । उनले पार्टी एकता भएपछि सबै क्षेत्रका जनतालाई समृद्ध बनाउन सकिन्छ भन्ने सपना देखेर पार्टी एकताको प्रस्ताव गरेको बताउँदै अहिले केपी ओलीको महाराज बन्ने खोजेको बताएका हुन् । तर, केपी ओलीको महाराज बन्ने सपना पूरा हुन नदिने बताए ।
यस्तै मनपरि गुन्डागर्दी गर्दैमा संसद् विघटन नहुने बताएका छन् । नेकपा प्रदेश १ ले विराटनगरमा आयोजना गरेको विरोधसभामा बोल्दै प्रचण्डले केपी ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले जरुरी पर्यो भने संसदको बैठक बसेर केपीलाई कारबाही गरेर जानेसक्ने भएपनि सर्वोच्च अदालतले सही फैसला गर्छ भनेर कुरेर बसेको बताए । उनले संविधानको रक्षा गर्नु कर्तव्य रहेको बताउँदै संविधान रक्षाका लागि जोसँग एकताको प्रस्ताव गरियो उसैले ३ वर्ष नहुँदै उनले धोका दिएको बताए ।