माघ १७, बुटवल । नेकपाको दुई समूहमध्ये ओली पक्षले लुम्बिनी प्रदेशमा प्रदेश र जिल्ला कमिटी पुनर्गठन गरेको छ । ओली पक्षको बुटवलमा बसेको प्रदेश कमिटी बैठकले प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका पदाधिकारीलाई हटाएर आफ्नो समूहका नेताहरुलाई जिम्मेवारी दिएर कमिटी पुनर्गठन गरेको हो ।
सो समूहले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीलाई चयन गरेको छ ।