प्रधानमन्त्री ओलीको दुई जिब्रे कुरा : फ्लोर फ्रन्टमा काम गर्नेलाई ३ महिनाभित्र खोप !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्ममा सम्पूर्ण नेपालीहरुले खोप पाउने बताएका छन् । शनिबार चितवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको एक वर्षभित्रमा सबै नेपालीले कोरोनाको खोप पाउने बताएका हुन् ।

प्रधानमन्त्री अ‍ोलीले माघ १४ गते बुधबार खोप कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाको निःशुल्क खोप लगाउने बताएका थिए तर, उनले त्यसको तीन दिनपछि आफ्नै बोली फेरेका छन् । उनले सन् २०२१ को अन्त्यमा सबै नेपालीलाई निःशुल्क कोरोनाको खोप दिने बताए ।

‘मैले भनेको छु एकदमै फ्लोर फ्रन्टमा रहेर कठिनाई झेलेर काम गर्नेहरूलाई खोप दिलाउने काम आगामी ३ महिनाभित्र हामी सम्पन्न गर्नेछौं’, उनले भने, ‘ क्रमशः यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई लाइसकेर कोभिड १९ लाई हामी नेपालबाट भगाउँछौं । बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीले विश्वास लिएका छौं ।’

खोप उद्घाटन गर्दै उनले के भनेका थिए ?

हामी ठान्छौं तीन महिनाभित्र सबै नेपालीहरुलाई खोप उपलब्ध गराइसकेका हुनेछौं । मेरो विचारमा तीन महिना लाग्न सक्छ । कोही पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्नेले निःशुल्क यो खोप प्राप्त गर्नेछन् । चाहे हामी अनुदानको रुपमा प्राप्त गरौं । जस्तै यसपटक हामीले अनुदानमा प्राप्त गरेका छौं । अथवा हामीले किन्न परोस् तर, हामी हाम्रा देशवासीहरुलाई यो खोप विना भेदभाव प्राथमिकताका आधारमा संवेदनशीलता र प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउँदछौं ।

 

ताजा अपडेट

खोजी गर्नुहोस