‘श्री ५ को सरकार’ भनेकोमा खानेपानी मन्त्री मणिचन्द्र थापाले मागे माफी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाडौ । खानेपानी मन्त्री मणिचन्द्र थापाले ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् । उनले भूलवश यो शब्द प्रयोग हुन गएको भन्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेका हुन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ओली पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट ’ भनेका थिए । मन्त्री थापाले नेपाल सरकार भन्नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका छन् ।

‘जो यहाँ आशिन हुनुहुन्छ, सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा।।’ भनेका थिए । लगत्तै कार्यक्रम सञ्चालकले गल्ती बोलेको संकेत गरेपछि उनले ‘ए, सरी नेपाल सरकारको तर्फबाट म तपाईंहरूलाई स्वागत गर्न चाहान्छु’ भनेका थिए । ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ’, मन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मन्त्री थापाको यो भनाइको चौतर्फी आलोचना भइरहेको छ । गणतान्त्रिक सरकारका मन्त्रीले यस्तो अभिव्यक्ति दिएको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस