संसद विघटन मुद्दामा रिट निवदेकका तर्फबाट बहस सकियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ४ माघदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । हिजो आइतबार निवेदकतर्फका कानुन व्यवसायी गोपाल पाण्डे, खडानन्द कँडेल, खीमानन्द अधिकारी, कलमबहादुर खत्री, यदुनाथ खनाल, अमिता गौतम पौडेल, क्रितिनाथ शर्मा पौडेल र लोकेन्द्र ओलीले बहस गरे ।

आइतबार निवेदकको बहस सकिएकाले सोमबारबाट सरकारी पक्षले बहस गर्नेछ । विघटनको निर्णयलाई सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले बहस गर्नेछन् । त्यस्तै सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यस्तै एमिकस क्युरीका तर्फबाट पाँच जना सदस्यले आफ्नो राय प्रस्तुत गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस