इङ्ग्लिस प्रिमियर लिग फुटबल : म्यानचेष्टर युनाईटेडले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ फागुन २०, बिहिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुण २०, काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाईटेडले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । योसँगै म्यानचेष्टर युनाईटेडको ५१ अंक भएको छ भने क्रिष्टल प्यालेस ३४ अंकसहित १३ औँ स्थानमा रहेको छ ।

यस्तै गएराति भएको अर्को खेलमा तेस्रो स्थानमा रहेको लिसेस्टर सिटीले बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिगमा लिसेस्टर सिटीको ५० अंक भएको छ । लिसेस्टर सिटी दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाईटेडलाई उछिन्ने दाउमा रहेको छ । यस्तै गएराति नै भएको खेलमा सेफिल्ड युनाईटेडले एस्टोन भिल्लालाई १–० गोलले पराजित गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस