आजदेखि गल्फ प्रतियोगिता हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ फागुन २१, शुक्रबार (४ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

फागुण २१, काठमाण्डौ । यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आजदेखि गल्फ प्रतियोगिता सुरु हुदैंछ । यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिनसम्म प्रतियोगिता हुदैछ ।

यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिईरहेका छन। नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गरिएको हो।

यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीयस्थलमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस