अमेरिका-चीनका उच्च पदस्थको भेटवार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन २७, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुण २७, काठमाण्डौ । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि पहिलो पटक अमेरिकी र चिनियाँ उच्च अधिकारीबीच भेटवार्ता हुने भएको छ । अमेरिका र चीनका वरिष्ठ अधिकारीहरु बीच अर्कोसाता भेटवार्ता हुन लागेको समाचार संस्था एपीले जनाएको छ । एपीका अनुसार ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभान र चीनका स्टेट काउन्सिलर वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख याङ जेचीबीच भेटवार्ता हुनलागेको हो ।

भेट मार्च १८ मा अलास्काको एन्कोरेजमा हुने तय गरिएको छ । चिनियाँ पक्षसँगको भेटअघि विदेश मन्त्री ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले जापानी र दक्षिण कोरियाली समकक्षीहरुसँग टोकियो र सियोलमा भेटवार्ता गर्ने कार्यक्रम राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस