बी डिभिजन लिगमा सातदोबाटो युथ क्लव बिजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ फागुन २७, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुण २७, काठमाण्डौ । शिर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लवले बी डिभिजन लिगलाई सुखद रुपमा विदाई गरेको छ । दुई खेल अगाडी नै ए डिभिजनमा उक्लिसकेको सातदोबाटोले अन्तिम खेलमा रानीपोखरी कर्नर टिम आरसिटीलाई एक शुन्यले हरायो ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा सातदोबाटोको जितमा एकमात्र गोल माल्डिना आङथुुपुले गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६७ औं मिनेटमा माल्डिनाले गोल गरे । त्यसपछि आरसिटी खेलमा फर्कन सकेन र सातदोबाटोले उपाधि उचाल्यो । चार सिजन बी डिभिजन खेलेको सातदोबाटोले पहिलो पटक अब ए डिभिजनमा प्रतिस्पर्धा गर्ने भएको छ । उसले यो लिगमा एक खेलमात्र हारेको थियो । च्याम्पियन सातदोबाटोले ११ खेलमा एक हारमात्र ब्यहोर्यो । जसका कारण तालिकामा २८ अंक बटुल्न सफल भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस