चैत्र ४, काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या पछिल्लो केहीदिनयता बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ९०३ रहेको छ ।
यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड १४ लाख ३८ हजार ७३४ पुगेको छ । केही समययता संक्रमितको संख्या बढेसँगै भारतभर कोरोनाको सक्रिय संक्रमितको संख्या २ लाख ३४ हजार ४०६ पुगेको छ । यस्तै, संक्रमणका कारण थप १८८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ लाख ५९ हजार ४४ जनाको मृत्यु भइसकेको छ ।