चैत्र १३, काठमाण्डौ । गत वर्षदेखि मार्च २६ सम्म आउँदा विश्वभरी १२ करोड ६० लाखभन्दा बढी मानिस कोभिड १९ कोरोना भाइरसबाट संक्रमित भएका छन् । २७ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने १० करोडभन्दा बढी मानिस निको भएका छन् । वल्डोमिटरका अनुसार साढे ५ लाखभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । त्यस्तै ब्राजिलमा तीन लाखभन्दा बढी भारतमा १ लाख ६० हजार जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै अमेरिकामा १ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन भन ब्राजिलमा २ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । विश्वमा २४ घण्टामा सबैभन्दा संक्रमित भेटिने देशको सूचीमा भारत तेस्रो स्थानमा रहेको छ । २४ घण्टामा विश्वभरी ९ हजार ९० जना नयाँ संक्रमित फेला परेका छन् ।