बेलायतमा २४ घन्टाभित्र ७० संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र १४, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र १४, काठमाण्डौ । बेलायतमा पछिल्लो २४ घन्टामा थप ७० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५१५ पुगेको छ । बेलायतमा कोरोना पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार १८७ नयां संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख २५ हजार ३१५ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ । बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको एनएचएस इङ्ग्ल्याण्ड कार्यकारी प्रमुख साइमन स्टीभन्सनले बिहीबार उल्लेख गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस