चैत्र १४, काठमाण्डौ । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । इजिप्टको मध्य क्षेत्रमा भएको दुर्घटनामा अरु १६५ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोहाग प्रान्तको ताहता शहर नजिकै दुई रेल ठोक्किएर दुर्घटना भएको हो । रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका हुन् । आपतकालीन ब्रेक अज्ञात व्यक्तिले सक्रिय पारेका कारण सो रेलमा अर्को रेल ठोक्किएर दुर्घटना भएको इजिप्टका रेलवे अधिकारीले बताएका छन् ।