म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर थप ८० प्रदशर्नकारीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र २९, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । म्यानमारको सेनाले प्रजातन्त्र पुनर्बहालीका लागि आन्दोलन गरिरहेका प्रदर्शनकारीमाथि फेरि क्रुर दमन गरेको छ । असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एएपिपीका अनुसार शुक्रबार यंगुन सहरनजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तिमा ८० जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

बागो शहरमा भएको उक्त घटनामा ठ्याक्कै कति मानिस मारिए भन्ने विस्तृत विवरण आउन बाँकी छ । सुरक्षाकर्मीले लासहरूको चाङ लगाएर राखेको र मानिसहरूलाई प्रवेश निषेध गरेकाले मृतकको संख्या एकिन गर्न कठिन भएको एएपिपीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस