भारतमा एकैदिन झण्डै २ लाख कोरोना संक्रमित थपिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख १, बुधबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख १,काठमाडौँ । भारतमा बुधबार कोरोना भाइरस (कोभिड–१९) का एक लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो अवधिमा एक हजार २७ संक्रमितको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ३८ लाख ७३ हजार नाघेको छ भने एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये महाराष्ट्रमा मात्रै ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस