लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्धारा राजीनामा,जसपाका चार मन्त्रीको पद गुम्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १९, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख १९, काठमाडौ । लुम्बिनी प्रदेशमा मन्त्री बनेका जनता समाजवादी पार्टी जसपाका चारजना नेताको मन्त्री र सांसद दुवै पद गुमेको छ । मुख्यमन्त्री शंकर पोखरेलले आइतबार राजीनामा दिएपछि उनीहरुको मन्त्री पद गुमेको हो ।

वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन जसपाका विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए । यादव, पाण्डे र रायमाझीले अविश्वासको प्रस्तावमासमेत हस्ताक्षर गरेका थिए । चारै जनाको सांसद पद यसअघि नै गुमिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस