बैशाख २१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार साँझ नवनियुक्त प्रदेश प्रमुखलाई शितलनिवासमा पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारीले सोमबार नै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरू पदमुक्त भएपछि पुनः नयाँ प्रदेश प्रमुख सिफारिस गरिएको थियो ।