जेठ १, काठमाण्डौ । भारतमा कोरोनाको दोस्रो लहरको कहर केही कम भएको देखिएको छ तर अवस्था अहिले पनि चिन्ताजन नै रहेको छ । पछिल्लो २४ घन्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमित थपिएका छन् भने ३ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ६ संक्रमित थपिएका छन् ।
त्यस्तै संक्रमण पुष्टि हुनेको संख्याभन्दा निको हुनेको संख्या बढी भएको सरकारले जनाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मुलुकभर दैनिक संक्रमित हुनेको संख्या तेस्रो दिन पनि संक्रमितको संख्याभन्दा बढी देखिएको हो । शुक्रबार ३ लाख ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।