जेठ १, काठमाण्डौ । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
धनगढीको कप्तानी किरणले र काठमाण्डौको कप्तानी विकेशले सम्हालेका छन् । प्रतियोगिताका विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट विधाका खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।