बार्सिलोनाको यो सिजनको ला लिगा उपाधि यात्रामा पूर्णविराम

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ ३, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौ । ३७ औं खेलमा घरेलु मैदान क्याम्प नोउमा सेल्टा भिगोसँग पराजित हुँद‍ा बार्सिलोनाको यो सिजनको ला लिगा उपाधि यात्रामा पूर्णविराम लागेको छ ।
खेलको अन्त्यतिर १० खेलाडीमा सीमित बार्सिलोनाले यो सिजन लिगको तेस्रो स्थानमा चित्त बुझाएको छ । बार्सिलोनाका फ्रान्सेली डिफेन्डर क्लेमेन्ट लेगलेन्ट दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
खेल अवधिभर अधिकांश समय बल नियन्त्रणमा लिए पनि बार्सिलोनाका खेलाडीमा आपसी तालमेल अभाव भएको देखिएको थियो। बार्सिलोनासँग ३७ खेलपछि ७ वटा हार र ७ वटै बराबरी गर्दै ७६ अंक छ। उसले यो सिजन खराब इतिहास बनाएको छ। लिगमा ८० अंक पनि जोड्न सकेन। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको सेल्टा भिगो भने लिगका पछिल्ला पाँच खेलमा अपराजित छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस