जेठ ५, काठमाडौ । इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमका खेलाडी २५ दिनसम्म क्वारेन्टाइनमा बस्ने भएको छ । जुन २ मा इंग्ल्याण्ड भ्रमणमा जान अघि भारतीय टिमले मुम्बईमा दुई साता र इंग्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको हो ।
भारतीय टिमको मुम्बईमा बुधबार क्वारेन्टिन शुरू भएको छ । भारतीय टिम जुन २ मा इंग्ल्यान्ड जाने छन् ।