सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ १६, आईतबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १६, काठमाण्डौ । च्याम्पियन्स लिगको उपाधि चेल्सीले जितेको छ । पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा शनिबार राति भएको खेलमा प्रतिद्वन्द्वी क्लब म्यान्चेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले दोस्रो पटक उपाधि जितेको हो । चेल्सीका लागि एक मात्र गोल जर्मन युवा खेलाडी काइ हाभर्ट्जले गरेका थिए।

पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा म्यासन माउन्टले दिएको पासलाई गोलमा परिणत गर्दै हाभर्ट्जले चेल्सीलाई अग्रता दिलाएका थिए। सोही अग्रताको सफल बचाउ गर्दै चेल्सीले ९ वर्षपछि दोस्रो पटक उपाधि उचालेको हो।

खेल अवधिभर भने सिटीले चेल्सीलाई दबाब दिएको थियो। ६१ प्रतिशत बल नियन्त्रणमा लिएको सिटीले चेल्सीको पोस्टमा ७ प्रहार गरेको थियो। त्यसमध्ये १ सट टार्गेटमा रहेको थियो। यसअघि चेल्सीले २०१२ मा जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो।

 

ताजा अपडेट

खोजी गर्नुहोस