विश्वकप तथा एसियन कप छनोटका लागी नेपाल र चाइनिज ताइपेई भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ २०, बिहिबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत आज नेपाल र चाइनिज ताइपेई भिड्दै छन् । नेपाली समय अनुसार राति पौने १० बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा ताइपेईविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदान उत्रँदैछ ।

नेपालले घरेलु भूमिमा खेल्नुपर्ने खेल कुवेतमा खेल्न लागेको हो । कोरोना महामारीका कारण एएफसीले समूह ‘बी’ का खेल न्युट्रल भूमिका रूपमा कुवेतमा आयोजना गर्ने निर्णय गरेको थियो । नेपालले कुवेतविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल भने दशरथ रंगशाला निमार्ण सम्पन्न नभएका कारण भुटानमा खेलेको थियो । विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेका दुवै टोलीको लक्ष्य एसियन कपको तेस्रो चरणमा पुग्ने हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस