मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ २२, शनिबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौ । युरोकपको तयारीको रुपमा खेलिएको अन्तर्राष्‍ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । स्पेनमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
खेल अवधिभर दुवै टोलीले पाएका अवसरहरुमा सफल रहन नसक्दा खेल गोलरहित बराबरीमै सकियो । खेलको २२औं मिनेटमा जोश फोन्टेको कर्नरमा रेनाटो सान्चेजको हेडरलाई पाउ टोरेसले गोललाइनबाट बचाउँदा पोर्चुगल अग्रता लिनबाट चुकेक थियो ।

२७औं मिनेटमा अल्भारो मोराटाको पासमा फेरान टोरेसको हेडर पोस्ट नजिकैबाट बाहिरिदा स्पेन पनि अग्रता लिनबाट चुक्यो । ३७औं मिनेटमा रेनाटोको पासमा कप्तान क्रिस्टियानो रोनाल्डोले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ४१औं मिनेटमा रेनाटोले रोनाल्डोलाई दिएको पासमा नेल्सन सेमेडोको प्रहार क्रसबारमाथिबाट बाहिरियो । ५०औं मिनेटमा मोराटाको प्रहारलाई पेपेले ब्लक गर्दै पोर्चुगलको संकट टारे । ५८औं मिनेटमा मोराटाको पासमा पाब्लो सारावियाले क्लोज रेन्जमा अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

गएराति नै भएको अर्को खेलमा इटाली र स्लोभेनियाले फराकिलो जीत निकालेका छन । इटालीले हङ्गेरीलाई ४(० तथा स्लोभेनियाले जिब्राल्टारलाई ६(० ले हराएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस