बागमती प्रदेशभित्र खेलकुद पूर्वाधारको निर्माणमा २९ करोड बजेट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ २, बुधबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार २, हेटौंडा । बागमती प्रदेशभित्र निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्ष भित्र सम्पन्नछ गर्न २९ करोड बजेट विनियोजन बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले यो बजेटको व्यवस्था गरिएको हो । निर्माण सम्पन्न भएका रङ्गशाला र कभर्ड हलहरूको संरक्षण, सञ्चोलन र व्यवस्थापन प्रदेश खेलकुद विकास परिषद् र स्थानीय तहबीचको सहकार्य र साझेदारीमा गर्ने व्यवस्था मिलाएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताए ।

प्रदेश युवा परिषद् मार्फत युवाहरूमा सीप, शिक्षा र उद्यमशीलता विकास गरिनेछ । प्रदेश भित्रका मौलिक ज्ञान तथा परम्परागत प्रविधिको स्तरोन्न,ति तथा व्यावसायीकरणमा प्रोत्साहित गर्ने कार्यक्रम कार्यान्वयन गर्न बजेटको व्यवस्था गरिएको छ ।

बालबालिका तथा युवालाई लक्षित गरी लागुऔषध दुर्व्यसन, जातीय विभेद, सामाजिक कुरीति, यौनिक तथा घरेलु हिंसा, मानव बेचविखन र विद्युतीय अपराध विरूद्ध सचेतना जगाउन ‘हाम्रो ध्यान युवा सचेतना अभियान’कार्यक्रम सञ्चाालन गर्ने व्यवस्था मिलाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस