असार ३, काठमाण्डौ । यूईएफए युरो कपको दोस्रो खेलमा वेल्सले टर्कीमाथि जित निकालेको छ । आरोन रामसे र कोनर रोबर्ट्सको एकरएक गोलमा वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा टर्कीलाई २(० को नतिजामा पराजित गरेको छ ।
अजरबैजानको बाकुमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा रामसेले गरेको गोलमार्फत् वेल्सले अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा आरोन रामसेले गोल गर्दा वेल्सले खेलमा अग्रता बनाएको थियो ।