‘प्रत्येक गाउँपालिकामा सभाहल र बहुउद्देश्यीय खेल मैदान बनाउन बजेट’ : मुख्यमन्त्री पोखरेल

Post Thumbnail

कार्तिक ६,दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्येक गाउँपालिकामा यस वर्ष सभाहल बनाउन र बहुउद्देश्यीय खेल मैदान बनाउनका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने बताएका छन ।

पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेमा सभाकक्षको एक समारोहबीच आज शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेललेसभाहल र बहुउद्देश्यीय खेल मैदानका लागि आवश्यक पर्ने जमीन भने गाउँपालिकाले नै व्यवस्था गर्नुपर्ने बताए ।

उनले निकट भविष्यमा बबई गाउँपालिकालाई नगरपालिका बनाउन सकिने बताउँदै सोही बमोजिम संरचना निर्माण र जग्गा व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

बबई गाउँपालिका दाङको विकट ठाउँका रुपमा परिचित भए पनि पछिल्लो समय विकासले गति लिएको बताउँदै मुख्यमन्त्री पोखरेलले खेतीपातीका लागि जमीन भाडामा लिनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस