भदौ १०, विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य नियुक्त भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता नियुक्त भएका हुन् ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ ।