नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बानेश्वरमा जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १३, आईतबार (३ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भदौ १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आइतबार बसेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी रहेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।

बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद छन् ।

तर दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली, राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरुले दावी गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस