संसद सचिवालयको निष्कर्ष: माधव नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनु परेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १३, आईतबार (३ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

भाद्र १३,काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको छ । माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ ।

माधव नेपालहरुले नयाँ दल दर्ता गर्न लागेपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले त्यसलाई प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।

यही क्रम संसद सचिवालयले उनीहरु एमालेकै सांसद रहेको र एमालेले पठाएको पत्र विचाराधीन अवस्थामा रहेको भन्दै निर्वाचन आयोगलाई पत्र लेखेपछि त्यही आधारमा आयोगले सनाखत गरेर माधव नेपाल पक्षलाई नयाँ दलको मान्यता दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस