आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु : गुरुङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १६, बुधबार (३ साल अघि)
  • ५० पटक पढिएको
Post Thumbnail

भदौ १६, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’

आफूलाई पार्टीमा भएका युवा र जनसम्पर्कका महाधिवेशन प्रतिनिधिसँगै नयाँले पनि भोट दिने भन्दै उनले भने, ‘म जितको अन्त्यन्त नजिक भएको सभापतिको उम्मेदवारको रुपमा उभिएको छु ।’

कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् । पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने उनको प्रतिवद्धता छ ।

ताजा अपडेट

खोजी गर्नुहोस