आजदेखि कांग्रेस वडा अधिवेशन शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १८, शुक्रबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भदौ १८, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ ।

महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको छैन । त्यसैले सबै जिल्लामा वडा अधिवेशन शुक्रबारै सुरु हुनेछैन ।

कांग्रेसले बाँकी जिल्लाका वडाहरुमा २६ भदौ अघि अधिवेशन सम्पन्न गरिसक्ने जनाएको छ । किनकी २७ भदौमा गाउँ/नगर अधिवेशन हुनेछ ।

वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ।

विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस