राष्ट्रपतिद्वारा नारायण खड्का मन्त्री पदमा नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ६, बुधबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ६ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको बुधबार दिउँसो १ जे शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस