एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज सकिँदै, महासचिवमा भुसाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए ।

‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस