चेल्सी बर्नलीसँग बराबरीमा रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक २१, आईतबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, एजेन्सी । इङ्लिस प्रिमियर लिगमा चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरी गरेको छ । शनिबार बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै चेल्सीले अंक बाँडेको हो ।

बराबरीको नतिजापछि चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटी र तेस्रो स्थानको लिभरपुलसँग अंक दुरी बढाउने मौका गुमाएको छ । काइ हभार्ट्जले ३३ औं मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । रिस जेम्सको क्रसलाई सदुपयोग गर्दै हभार्ट्जले यस सिजन लिगमा दोस्रो गोल गरेका थिए ।

चेल्सीले अग्रता दोब्बर गर्ने अवसर गुमाएको थियो । डिफेन्डर थियागो सिल्भाको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने क्यालम हडसन ओडोइको प्रहार निक पोपीले निकै राम्रो बचाउ गरेका थिए ।

पाहुना टोलीका भिड्राले खेल सकिन ११ मिनेट अघि गोल गर्दै लिग लिडर क्लबसँग अंक खोस्न सफल भए । बराबरीको नतिजापछि पनि चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग स्पष्ट ३ अंकको अग्रता लिएको छ । बर्नली रेलिगेशन जोन भन्दा अझै २ अंकले पछि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस