सौरहामा पर्यटकीय होटलको स्तरोन्नति गरिँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ७, बिहिबार (६ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

असार ७,चितवन । पर्यटकको आगमनमा कमी हुने समय पारेर सौराहाका होटल व्यवसायीले स्तरोन्नतिको काम थालेका छन् ।

असारमा वर्षभरि नै सबैभन्दा कम पर्यटक आउने गर्दछन् । जेठसम्म सामान्य अवस्थामा रहने भए पनि असारमा सौराहा क्षेत्र सुनसान हुन्छ । साउन लागेपछि क्रमशः पर्यटक आगमनमा वृद्धि हुँदै जान्छ ।

असारमा सरकारी निकायले बजेट सक्नका लागि गर्ने केही कार्यक्रमबाहेक अन्य कार्यक्रम हुँदैनन् । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार गत वर्ष बाढी पसेर क्षति पु¥याएका र मर्मत सम्भार नभएका होटलको मर्मत सम्भार अहिले भइरहेको छ । कतिपयले पौडी पोखरी अहिले बनाउँदैछन् भने कोठा थप्ने, सभाहल बनाउने, भान्साघर स्तरीय बनाउने, बगैँचामा बोटबिरुवा रोप्नेलगायतका काम गरिरहेका छन् ।

पर्यटक कम हुँदा काम गर्न सजिलो हुने भएकाले यही समय पारेर होटल मर्मत सम्भार र स्तरोन्नतिका काम गर्नतर्फ लागेको उनले बताए ।

जंगल सफारी लजका सञ्चालकसमेत रहनुभएका घिमिरेले आफ्नो होटलमा पौडी पोखरी निर्माणको काम भइरहेको बताए । सौराहाका ११० होटलमध्ये ११ वटामा पौडी पोखरीको सुविधा रहेको छ । अन्य होटलले पनि स्तरवृद्धिसँगै पौडी पोखरी निर्माण गर्ने तयारी गरेका छन् ।

क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष नारायण भट्टराईको जंगल वाइल्ड लाइफ क्याम्पमा पनि मर्मत सम्भारको काम भइरहेको छ । भट्टराईका अनुसार बगैँचा बनाउने, रंगरोगन गर्ने, गत वर्षको बाढीले बिगारेपछि मर्मत सम्भार नभएका कोठा यही मौका पारेर काम भइरहेको उनले बताए ।

होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी अहिले तीव्र गतिमा मर्मत सम्भारका कामलाई अगाडि बढाएको बताए । रेस्टुराँ विस्तार गर्ने, वातानुकुलित कोठाको मर्मत गर्ने, कोठाभित्रको आन्तरिक सजावटमा परिवर्तन गर्ने तथा रंगरोगन गर्ने काम भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस