जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी, कर्मचारी छनोट प्रक्रिया सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत ३, धनुषा । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गर्ने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढिसकेको छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालन तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम थालेको हो ।

त्यस्तै रेल्वे सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका निर्देशक बलराम मिश्रले जानकारी दिए । सो मार्गमा निर्माण हुने सात स्टेसनका लागि आवश्यक एक सय ५० कर्मचारी छनोट प्रक्रिया सुरु भएको मिश्रको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस