मानव संशाधनको विकासलाई जोड दिएका छौं: अर्थमन्त्री खतिवडा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २२, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले मानव संशाधनको विकासमा जोड दिएको बताएका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे ।

भुटान–नेपाल ह्यूमन क्यापिटल फोरमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले मानव संशोधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले भुटान र नेपालले मानव संशाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने पनि बताए । उनले तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकारले मानव संशोधनको विकास कार्यक्रममा केन्द्रित हुनु परेको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस